काठमाडौं । विशेष अदालतले पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटीमा माग गरेको हो ।
पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।


