काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका उनलाई पौने आठ बजेतिर भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको हो । पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।


