काठमाडौं । सर्लाहीमा मतदान अधिकृतको ज्यान गएको छ।
निर्वाचन क्षेत्र नं २ पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज कुमार राईका अनुसार मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका(५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत ४२ वर्षीय सिनियर अहेव रघुनाथ महतो रहेका छन् ।


