काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचत भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा सम्हालिएर नआत्तिकन अगाडि बढ्ने बताए ।
सभापति लामिछानेले नागरिकका आम अपेक्षाका बारेमा आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि जाने बताए । उनले यो तहको नतिजा आफूहरूको पक्षमा आएकोमा खुसी भएको भन्दै जनताले चाहेका विषयबारे सम्वादमै रहेको बताए ।


