काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विदेशबाट पैठारी गरी नेपालमा बिक्री–वितरण गरिने सबै वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य तोक्न गर्न निर्देशन दिएको छ ।
विभागले आज नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिहरूबीच आज भएको छलफलपछि यस्तो निर्देशन दिएको हो ।
अब आयातकर्ताले नेपालमा बिक्री गरिने सबै वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख गर्नुपर्नेछ। साथै बिक्रीका क्रममा अनिवार्य रूपमा बिल–बिजक जारी गर्नुपर्ने व्यवस्था पनि लागू हुनेछ।
विभागका अनुसार यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयातकर्तालाई आवश्यक तयारीका लागि १५ दिनको समय दिइएको छ। उक्त अवधिभित्र स्टकमा रहेका तथा नयाँ आयात गरिएका वस्तुहरूमा समेत एमआरपी उल्लेख गर्नुपर्नेछ।


