काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति काठमाडौँको सामाखुसीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए।
प्रहरीले विगत केही दिनदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका गुण्डा नाइके सानुभाइ काठमाडौँको टोखास्थित सुर्यदर्शन हाइटमा बस्दै आएका थिए।


