काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेलाई दिने सहमति भएको छ।
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको हो। राष्ट्रिय सभाको उपाध्यक्षसहित संसदीय समितिहरूको सभापति दलहरूले सहमतिमा भागबन्डा गरेका हुन्।


