काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।
प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ। भेटघाटको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ।


