काठमाडौँ । बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द गरिएको छ।
सम्भावित बाढीको कारण काभ्रे–सिन्धुली सडक खण्डमा आज बिहानबाट सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।


