काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई मार्ने धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले यस्तो आदेश दिएको हो ।
२०२५ नोभेम्बर २९ मा इमेल गर्दै पाठकले अख्तियार प्रमुख राईलाई १० दिनभित्रमा राजीनामा दिन र नदिए ज्यान लिने धम्की दिएका थिए। तर अख्तियार प्रमुख राईले आफूलाई आएको धम्कीका विवरणसहित प्रहरीमा जाहेरी दिएका थिए।


