काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्।
दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई शनिबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत उनले धम्की दिएको अडियो सार्वजनकि भएको थियो । उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध छन्।


