काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दामा विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमतिविना ठूलो पर्दामा नदेखाउन सचेत गराएका हुन्।
अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाएको छ। निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने यकिन गरेर मात्रै अनुमति दिइने सूचनामा उल्लेख छ।


