काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको थुनछेक बहस जारी छ। राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका उनीविरुद्ध विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहस भइरहेको छ ।
बिहीबार बयान सकिएसँगै थुनछेक बहस सुरू भएको थियो। बहस सकिए आजै अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा तथा तारेखमा रिहा गर्नेबारे निर्णय गर्नेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। तीमध्ये आज ७ को आज बयान भइरहेको हो।


