काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनसँगै अल्जेरिया ३–० गोलअन्तरले पराजित भएको छ।
फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेसीले ह्याट्रिक पूरा गरेका छन्।
अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेसँगै नतिजा ३(० को स्थितिमा आएको हो । सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए ।
अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।


