काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै सोविता गौतम निर्वाचित भएकी छन् ।
त्यस्तै, पार्टीको महामन्त्रीमा मनिष झालाई हराउँदै विपीन आचार्य निर्वाचित भएका छन् ।
यसैगरी सहमहामन्त्री (खुला) कोटामा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित भएकी छन् ।
यसअघि नै पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए ।


