काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि औँलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका हुन्।
केही मिडियामा आएका समाचारका हवाला दिँदै प्रतिपक्षी सांसदहरूले संसदमा पेश भएको बजेटलाई अर्थमन्त्रीले छेडछाड गरेको र करको दरमा फेरबदल गरेको आरोप लगाएका थिए । अर्थमन्त्रीले भने ती आरोपहरू अस्वीकार गरे


