काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उमेदवारका लागि क्रियाशील सदस्यता अद्यावधिक सबैभन्दा ठूलो आधार रहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।
उनले क्रियाशील सदस्यतना लिएका जो कोही पनि पदमा आसिन हुन सक्ने उल्लेख गरे । उनले भने, “जहाँ गल्ती भएको हो त्यहीँबाट सुधार गरौँ । हामी सदस्यहरूसँग भएको ताकतलाई देखाउन चाहन्छौँ । जुन ठाउँको उमेदवार बन्ने हो त्यही ठाउँको क्रियाशीललाई बनाउन चाहन्छौँ ।”
“तलबाट धुरी हेर्दा जलिहे पनि उस्तै देखिनु पर्छ । मुहान जहिले पनि सफा हुनुपर्छ,” उनले भने, “पार्टीलाई ठीक ठाउँमा राखौँ । सत्ताभन्दा पनि जनताको माझमा पार्टी पुर्याउँ । आफैँ सबै ठीक भएर आउँछ ।”


