काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूका लागि आचारसंहिता जारी गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट उक्त आचारसंहिता कार्यान्वयनमा ल्याएको हो ।
उनीहरूले कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् । सामाजिक सञ्जालमा कार्यालयको कामप्रति गुनासो पोख्न, सहकर्मीको मानमर्दन हुने गरी प्रतिक्रिया दिन र स्थानीय तह, प्रदेश, केन्द्रीय सरकारको निर्णयको गलत व्याख्या गर्न रोक लगाइएको छ ।
सामाजिक सञ्जालमा कुनै पनि राजनैतिक पूर्वाग्रह राखेर टिप्पणी गर्न पाइने छैन ।


