काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई सरकारले तत्काल उपचारका लागि भारत नलैजाने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रारम्भिक चिकित्सकीय सिफारिसका आधारमा नेपालीलाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा लैजाने सम्पूर्ण तयारी पूरा गरिएको थियो।
उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैं खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् ।


