काठमाडौं । । बुधबार राति रोल्पामा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् ।
रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा आठ बजेर ४० मिनेट जाँदा घरमाथिबाट पहिरो झरेको थियो ।
पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घाइतेहरुलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।


