काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशका पहाडी भू(भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।


