काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावको पक्षमा ५७ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ । बैठकमा ५८ जना सांसदको उपस्थिति थियो ।
नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बागमती प्रदेशमा वर्तमान सरकार गठन भएको हो। राप्रपाभित्रको आन्तरिक विवादबीच नयाँ सरकार गठन भएको थियो।
बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।


