काठमाडौं । मुगुमा जीप दुर्घटनामा मृत्यु भएको चारै जनाको सनाखत भएको छ । सोमबार साँझ जिल्लाको शोरु गाउँपालिकामामा जीप दुर्घटना भएको थियो ।
सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार सो जीपमा चालकसहित नौ जना सवार रहेका थिए। प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार र पिउस परियार छन् ।


