काठमाडौं । शनिबार भएको इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अहिलेसम्म ६ हजार २८० मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर २ हजार ६ सय १८ छ। एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका छन्।
पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले चार हजार ६ सय ३४ मत ल्याएका छन्। रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ३०५ मत ल्याएका छन्।


