काठमाडौं । आज बिहान बसेको सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय समितिको बैठकले आफ्नो सभापतिलाई लक्षित गरेर बनाउने समिति मान्य नहुने स्पष्ट पारेको छ ।
सांसद सुमनले सभापति रवि लामिछानेलाई मात्रै लिएर संसदीय छानबिन समिति बनाउने कुरामा आफूहरू सहमत हुन नसक्ने बताए।
‘हामीले पहिल्यैदेखि समग्र सहकारीको समस्या समाधान गर्न एकमत रहेको भन्दै आएका छौँ,’ बैठकपछि रास्वपा सांसद मनिष झाले भने, ’‘हामी देश नै सफा गरौँ भनिरहेका छौँ,’ झाले भने, ‘तर उहाँहरू९नेपाली कांग्रेस० एउटा घरमात्रै सफा गरौँ अरु पर्दैन भन्नुहुन्छ, अनि कसरी हुन्छ ररु’ त्यस्तै, आजको बैठकमा बजेट अधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल भएको उनले बताए।


