काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीमा ऋण नमागेको भन्दै त्यसको प्रमाण देखाउन कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए ।
उनले भने, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’


