काठमाडौं । आजै फैसला आउने आकलन गरे पनि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनका प्रवक्ता बिमल पराजुलीले जानकारी दिए।
मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए। त्यसपछि जाहेरीवालका तर्फबाट सरकारी वकिल र नीजि वकिलले बहस गरेका हुन्।
यसअघि पाँचपटक पेसी तोकेर पनि फैसला हुन सकेको थिएन। गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।


