काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका सचिव योगेश भट्टराईले प्राकृतिक विपद्को पूर्वतयारीमा सरकारले पर्याप्त ध्यान नदिएको बताएका छन्।
उनले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले कोशी प्रदेशबाट मनसुन भित्रिएको खुसीको कुरा भए पनि मनसुनले विपद् पनि ल्याइरहेकाले चनाखो हुन सरकारलाई आग्रह गरे।


