काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको छ ।
शनिबार मात्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।
प्रधानमन्त्री प्रचण्डले गत बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रमुख दलसँग छलफल गरेका थिए।


