काठमाडौं । नेपाली कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् । उनी मंगलबार बिहान बालुवाटार गएका हुन् ।
बालुवाटार पुगेका ओली हिजो मध्यरातमा भएको नेपाली कांग्रेससँगको नयाँ सत्तागठबन्धनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
भेटमा ओलीले भागबण्डा सबै मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताइएको छ ।
हिजो मध्यरातमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति ललितपुरको एक होटलमा भएको दुवै दलनिकट नेताहरूले पुष्टि गरेका छन्।
दुई दलका दोस्रो तहका नेताहरूले राति नै लिखित सहमतिको मस्यौदा तयार गरिसकेका छन् ।


