काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमपछि उत्पन्न परिस्थितिबारे कुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
सोमबार राति भएको नेकपा एमाले र नेपाली कांग्रेसबीचको समझदारीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे कुराकानी गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।
प्रचण्डले अहिले तत्काल राजीनामा नदिएर विश्वासको मत सामना गर्ने बताएका छन्। उनले पार्टी बैठकमा विश्वासको मत लिने जानकारी गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको षड्यन्त्रको प्रतिवाद गर्न निर्देशन दिएका छन्।


