काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ । साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ । बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बुझिएको छ ।


