काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन्।
नेकपा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि अल्पतमा परेका प्रधानमन्त्री प्रचण्डले पुनः संसद्बाट विश्वासको मत लिन लागेका हुन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वास मत पाउन बहुमत १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। तर प्रधानमन्त्री प्रचण्डका पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।


