काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा बेपत्ता भएका यात्रुको खोजी तथा उद्धारमा लाग्न निर्देशन दिएका छन् । उनले गृह प्रशासनलगायत सरकारका सरोकारवाला सबै निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
“नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी–पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।”
मनसुन सक्रिय रहेकाले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन आग्रह गर्दै उनले उद्धार र रातहमा आवश्यक सहकार्य गर्न तीनै तहका सरकारलाई निर्देशन दिएका छन् ।


