काठमाडौं । आज बिहानैदेखि सिमलताल दुर्घटनामा बेपत्ता यात्रुको खोजी सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
शुक्रबार र शनिबार सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी गरे पनि तीनजनाको मात्रै शव फेला परेको छ ।
पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । बाँकी यात्रु र बसको आज पनि खोजी सुरु भएको छ ।


