काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरुबीच मन्त्रालयमा भेटवार्ता भएको हो । भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ।
राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।


