काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले आज शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमनमा क्रममा यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत बताए । उनले केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने गुरु योजना रहेको बताए ।


