काठमाडौं । गृहमन्त्री रमेश लेखकले अवाञ्छनीय गतिविधिलाई सरकारले छुट नदिने बताएका छन्।
गृहमन्त्री लेखकले मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै यस्तो बताएका हुन् ।
‘तपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस्।’


