काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशहरुमा पनि यसको प्रभाव परेको छ । यसैबीच आज बिहान ११ बजे बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।
लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।


