काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । अहिले सुरक्षाकर्मी र विमानस्थलका अग्नि नियन्त्रकहरु आगो निभाउन लागिपरेका छन् ।


