काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध अनेक खालका षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालले बिहीबार पार्टी मुख्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा यस्तो बताएका हुन् ।
त्यसबारे यकिन भइनसके पनि चनाखो हुनुपर्नेमा उनले जोड दिए । उनले षड्यन्त्रविरुद्ध गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने भन्दै सचेत गराए । उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।


