काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध नकारात्मक भावना फैल्याउने काम भएको बताएका छन् ।
उनले हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उनको भनाइ छ ।


