काठमाडौं । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको आव बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ। नीति बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले प्रस्तुत गर्ने छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको नाफामा आएको संकुचन, पुँजीकोष दबाब, बढ्दो खराबकर्जालगायतलाई सम्बोधन गर्दै उपचारात्मक औजार चलाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


