काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधार गर्न तीनै तहका सरकारको समन्वय आवश्यक हुने बताएका छन् । गृहमन्त्री लेखकले आइतबार बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा यस्तो बताएका हुन् ।
“अत्यधिक सङ्ख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ, ” मन्त्री लेखकले भने–“ भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।”
८ वटा जिल्लामा ९ वटा बाल सुधार रहेको उल्लेख गर्दै उनले यसको सुधार गरेर सबै सञ्चालन गर्नुपर्ने बताए ।


