काठमाडौं । सोमबार घटेको शेयर बजार मंगलबार भने ३५ अंकले बढेको छ ।
आज ४ करोड ३ लाख ७१ हजार बढी कित्ता सेयर बिक्री हुँदा १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ।
आज नेप्सेलाई होटल र पर्यटन, जलविद्युत्, फाइनान्स र विकास बैंक समूहले टेवा दिएपछि सूचक ३५।५५ अंकले बढेको हो। योसँगै नेप्से २६९६।६५ विन्दुमा अडिएको छ। आज वाणिज्य बैंक, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार समूह भने रातो रहन पुगे।
आज लगानीकर्ताले हिमालयन रिको ६० करोडको कारोबार गर्दा शिवम् सिमेन्टको ३७ करोड ६७ लाखको सेयर किनबेच गरे। त्यसैगरी सोल्टी होटलको ३६ करोड ४३ लाखको, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख र चिलिमे हाइड्रोको २७ करोड ७६ लाखको सेयर किनबेच भयो।


