काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सुखदुःख बुझ्न आफू देशैभर भ्रमणम जाने बताएका छन्
प्रचण्डले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा यस्तो इच्छा राखेका हुन्।
‘अब हाम्रो जनतासँगको सम्बन्धको कडी टुटेको छ,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘म देशैभरी जनतासँग एकाकार हुन, सुखदुःख बुझ्न र सुन्नका लागि देशैभर जाने इच्छा छ।’


