काठमाडौं । विहीबार देशका प्रायः सबै प्रदेशमा पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ।


