काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बिहान बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।


