काठमाडौं । नेकपा एमालेले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज हेरफेरको निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार, कोसीको इन्चार्जमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन्।


