काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको टिप्पणी गरेका छन् ।
उनले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत उपाध्यक्षसहितका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने क्रममा यस्तो बताएका हुन्।
‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने। साथै, उनले गुटबन्दीको विषयलाई गम्भीर भएर मनन गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।


